मंगलबार, साउन २६, २०८३

काठमाडौंमा अब बाल उद्यान जाँदा पनि कर तीर्नु पर्ने

काठमाडौं महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलग-अलग करको दर कायम गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलग-अलग करको दर कायम गरेको छ।  

काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार दोहोरी साँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ ब्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो।

विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकबाट प्रति ब्यक्ति २० रुपैयाँ र क्यासिनो प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति ५० रुपैयाँ कर उठाउन निर्देशन दिएको हो।  

यसैगरी,  चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुबाट प्रति टिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फन पार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रति टिकट ५ प्रतिशत बुझाउन पनि राजश्व बिभागले निर्देशन दिएको छ।

बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

प्रकाशित: Apr 10, 2022| 08:55 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।