आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिमी वायुको प्रभाव, देशका केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव, देशका केही स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

National life

आइतबार प्रदेश नम्बर १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।​ 

यता मंगलबार प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Apr 10, 2022| 07:20 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।