आइतबार, असार ७, २०८३

लाइसेन्सको नयाँ आवेदन जेठ १ गतेबाट खुल्ने

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुल्ने भएको छ। यातायात व्यवस्था विभागले जेठ १ गतेबाट नयाँ आवेदन खुल्ने जनाएको हो।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुल्ने भएको छ। यातायात व्यवस्था विभागले जेठ १ गतेबाट नयाँ आवेदन खुल्ने जनाएको हो।

National life

नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको भन्दै यातायात व्यवस्था विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ।

विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ। नयाँ लाइसेन्सका लागि फाराम भर्नेको संख्या पाँच लाख ७२ हजार पुगेको थियो। 

फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो। वैशाखभरमा पुराना सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ। जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको विभागले जनाएको छ।

प्रकाशित: Apr 10, 2022| 10:29 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।