आइतबार, असार ७, २०८३

माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका-३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी छन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

बनेपा- काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका-३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी छन्। 

National life

गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो। उनले भने, 'घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो। पानीको जोहो गर्न छुट्टै समय छुट्याउनुपर्ने बाध्यताको अन्त्य भयो।'

सोही वडाका दमाराका मानबहादुर घिसिङले यसअघि १५ दिनमा एकपटक पानी आउने गरेकामा अहिले घरघरमै धारा आएपछि निकै सहज भएको बताए। यसअघिको भन्दा अहिलेको खानेपानी आयोजनाले गाउँमा नयाँ उमङ्ग थपेको स्थानीय बासिन्दा बताउँछन्। एक घर एक धारा आयोजना सम्पन्न भएर पानी उपभोग गर्न पाएसँगै गाउँका दुई जनाले रोजगारसमेत पाएका छन्।

गाउँमा पानीको समस्या समाधान गरेर वडाले आफ्नो दायित्व पूरा गरेको वडा नम्बर ३ का अध्यक्ष विनोद घिसिङले जानकारी दिनुभयो। रामेछाप जिल्लाको सिमाना जोडिएको जिल्लाको दुर्गम कोसीपारिको सो वडाका बासिन्दाका लागि आवश्यक खानेपानीको धारा जडान र आधारभूत खानेपानीको पहुँचयुक्त वडा घोषणा गर्न सफल उनको भनाइ छ। 

चौँरीदेउरालीका अध्यक्ष दीननाथ गौतमले पालिका स्थापना भएपछि आयोजनाको प्राथमिकताका आधारमा काम गर्दै आएको र तीमध्ये खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए। 'सिङ्गो गाउँपालिकालाई नै खानेपानी समस्यामुक्त पालिका घोषणा गर्ने लक्ष्यअनुरुपमा काम भइरहेको छ', उनले भने, 'भूकम्पपछि छवटा वडालाई सुक्खाग्रस्त वडा घोषणा गरेर त्यहीअनुसार खानेपानी क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ।'

Shivam cement

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले चौँरीदेउरालीले अगाडि सारेको ‘एक घर, एक धारा’ अभियान पूर्णता पाउने अवस्थामा पुगेको जानकारी दिए। वडा नं १ मा पानीको मुहान नै भएकाले धेरै नै पूरा भइसकेको, वडा नं २ नाग्रेगगर्चेमा लिफ्टिङको आयोजना अगाडि बढिरहेको, वडा नं ४, ५ र ६ को लागि चौँरीखोला लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको तथा वडा नं ७ मादनकुँडारीमा खानेपानी र सिँचाइ दुवैलाई हुने गरी चौँरीखोला मादनकुँडारी लिफ्टिङ खानेपानी आयोजना सञ्चालन भइरहेको उनले जानकारी दिए। 

खानेपानीसँगै प्रदेश सरकारले प्राविधिक शिक्षा, सडक र अन्य भौतिक पूर्वाधार विकासका काममा आवश्यक बजेट व्यवस्थापन गरी जनताको आवश्यकता पूर्ति गर्न लागिरहेको बताए।

सांसद गङ्गाबहादुर तामाङले एक घर एक धारा अभियानलाई पूरा गर्नका लागि बजेटको केन्द्रिकरण गर्दै थालेको कामले सार्थकता पाएसँगै उपभोक्ताको चाहना पूर्ति गर्न सफल भएको जानकारी दिए। 

माझीफेदालाई ‘एक घर, एक धारा’ निर्माण पूरा गरेपछि आधारभूत खानेपानी पहुँचयुक्त वडा घोषणा गरिएको छ। त्यहाँका ६७९ घरपरिवारलाई घर–घरमा खानेपानीको पक्की धारासहित आधारभूत खानेपानीको पहुँच पुर्‍याएपछि सांसद तामाङ र बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री  ढकालले संयुक्तरूपमा शुभारम्भ गरेका थिए। - रासस

प्रकाशित: Apr 10, 2022| 08:25 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।