मंगलबार, जेठ ५, २०८३

समाज

बाढीपहिरोले अवरुद्ध भए १२ जिल्लाका सडक

सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह

नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

तनहुँको आँबुखैरेनी राजमार्ग सञ्चालनमा

पहिरो खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

काठेखोला गाउँपालिका-४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

जनकपुरबाट अमेरिकी पेस्तोलसहित एक जना पक्राउ

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

बाँकेमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु

थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

अविरल वर्षाका कारण जनकपुर-१० मा अधिकांश घर जलमग्न

अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

विकास गतिमा तीव्ररूपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

बुटवल-पाल्पासहित विभिन्न ठाउँमा सडक अवरुद्ध

बुटवल–पाल्पा सडक अन्तर्गत सिद्धबाबा नजिकै गेग्रेटो र ठूला–ठूङ्गा सहित पहिरो खसेपछि सडक बिहानैबाट अबरद्ध भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

नारायणगढ-बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

महोत्तरीमा मलबिनै धान रोपाइँ गर्दै

कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद ९रासायनिक मल० नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

मौसम अपडेट : काठमाडौंसहित देशका विभिन्न जिल्लामा भारी वर्षा

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

प्रशोधित पानी प्रयोग गर्न बोतल वाटर उद्योग संघको आग्रह

संघले मंगलबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

थप १७५ हिमालको व्यवस्थापनको जिम्मा दिन माग

नेपाल पर्वतारोहण संघले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ। संघले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग संघ भेट गरी उक्त माग गरेको हो। सङ्घका अध्यक्ष निमानुरु...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

चार दशकअघि जंगल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो सुरु भएको थियो। त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षिणको कचनकबल र पश्चिमको दमकसम्म फैलिइसकेको छ। मानवीय...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

अलकत्रा बोकेको ट्यांकर पड्किँदा सात घाइते

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

बैंकिङ कसुरमा दोषी ठहर भइ एक करोड जरिवाना तोकिएका घिसिङ पक्राउ

प्रहरीले उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

एमालेबाट निर्वाचित काठमाडौं- ४ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

वरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले महर्जनसहित तीन जनालाई हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

दुई दिन सडकमै थुप्रिने भयो काठमाडौं उपत्यकाको फोहोर

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरका कारण बञ्चरेडाँडासम्म गाडी आउजाउमा समस्या भएपछि दुई दिन फोहोर लैजाने काम रोकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

पूर्वी तराईका ठाउँठाउँमा डुबान, सुन्दरहरैँचामा एक जनाको मृत्यु

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार विराटनगरका वडाहरू १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९