मंगलबार, जेठ ५, २०८३

बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

National life

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। 

कार्यालयबाट घरतर्फ फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

उनका अनुसार दुर्घटनामा परी एक महिलाको निधन भएको छ। घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपाङ्ग बाल अस्पतालमा नै उपचार भइरहेको छ। घाइतेको थप विवरण आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 30, 2022| 21:30 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।