काभ्रे- बनेपा नगरपालिका-११ स्थित अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना भएको छ। बिहीबार बेलुकी भएको दुर्घटनामा एक महिलाको मृत्यु हुनुका साथै ३८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले अस्पतालका कर्मचारीलाई घर लैजाने क्रममा बा१क ५७४७ नम्बरको बस दुर्घटना भएको हो।
दुर्घटनामा लेख कुमारी बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइते भएका ३८ जनाको शिर मेमोरियल अस्पताल, भोमी अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अस्पतालबाट बनेपातर्फ आइरहेको बसले अस्पतालतर्फ जाँदै गरेको मोरसाइकललाई साइड दिँदा सडकको छेउ भासिएको र बस रोडबाट खसेको बताइएको छ।