मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

दाङ- दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

National life

सौडियारबाट घोराहीतर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै नौ बजेतिर घोराही-७ बेसाइ नजिक दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन्। उनीहरु दुबैको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी रहेका छन्। उनीहरू दुबैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

प्रकाशित: Jul 01, 2022| 06:28 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।