मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- एक सौन्दर्य प्रतियोगीले डेढ महिनाअघि आफूलाई सौन्दर्य प्रतियोगिताकै आयोजकमध्येका एक जनाले बलात्कार गरेको घटनाबाट टिकटकबाट सार्वजनिक गरिन्। लगत्तै यसले सोसियल मिडियामा तरंग ल्यायो। प्रहरी आफैले सक्रियता देखाएर आरोपी मनोज पाण्डेलाई पक्राउ मात्रै गरेनन्, मानव बेचबिखन तथा ओसारपोसार ऐन अन्तर्गत मुद्दा नै चलायो। अहिले पाण्डे पुर्पक्षका लागि थुनामा पठाइएका छन्। 

National life

यी आरोपीमाथि कारबाही प्रक्रिया अघि बढेपछि आफूलाई पनि न्याय दिलाइदिन आग्रह गर्दै अहिले अर्की एक युवती टिकटकमा आएकी छिन्। ०७१ साल मंसिरमा आफ्नै काकाबाट बलात्कारको शिकार भएको तर कहीँबाट न्याय नपाएको भन्दै उनी टिकटकमा सहयोगको याचना गरेकी हुन्। 

‘बलात्कृत भएपछि म भक्तपुरको ठिमी प्रहरी कार्यलयमा पनि गएँ,’ उनले घटनाबारे भनेकी छिन्, ‘जाहेरी दर्ता पनि दर्ता भयो तर न्याय पाइनँ। त्यहाको पुलिसले २–४ महिना खोज्यो पनि। तर त्यसपछि समातेन। पुलिसकोमा मलाई उल्टै हकार्यो। यतिसम्म कि त्यहाँको महिला प्रहरीले 'तपाईंको मात्रै काम छ, तपाईंलाई मात्रै हेर्ने हो र! काम भएपछि तपाईले थाहा पाइहाल्नुहुन्छ नि!' भन्दै हप्काउनुभयो। अदालतमा पनि फाइल दर्ता भएन। पैसाको चलखेल भयो।’

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

प्रहरीले त्यतिबेला पैसा खाएर यो केसलाई यत्तिकै मत्थर बनाएको उनको आरोप छ। ‘म यो कुरा लिएर महिला आयोग, माइती नेपाल, मिडिया गएँ  तर जहाँ पनि आशमात्रै देखाइयो , केही गरिएन ,’ उनले भनेकी छिन्, ‘‘दुइ वर्षअघिमात्रै महिला आयोग जाँदाखेरी त्यहाँका महिलाहरुले ‘यत्रो वर्ष भयो, अब त्यो कुरालाई बिर्सेर अघि बढ्ने हो, झमेलामा किन फस्नु!’ भनेर उल्टै फर्काइदिए। जति वर्ष भएपनि भोगेको त मैले हो, अहिलेसम्म पनि भोगिराछु, त्यो कुराले मलाई अघि बढ्न दिएको छैन।’

टिकटक लाइभमा उनले अनुहार देखाएकी छैनन्, मास्क लगाएकी छिन्। ‘म नाम पनि रिभिल गर्छु। सबैथोक भन्छु तर न्याय पाउनेमा ढुक्क भएपछि मात्रै,’ उनले भनेकी छिन्। 

सौन्दर्य प्रतियोगीको घटना सम्झिँदै त्यतिबेला किन बोलिनस् भन्ने प्रसंगको पनि जवाफ दिएकी छिन्।‘उहाँलाई त्यतिबेला किन बोलिनस् भन्ने प्रश्न उठ्यो तर मैले त बोलेको थिएँ तैपनि पनि न्याय पाइनँ। मलाई विश्वास छ, उहाँले पनि त्यतिबेला बोलेको भए न्याय पाउनुहुन्थेन।’ 

‘यत्रो वर्ष एक्लै लड्दा लड्दा थाकिसकेँ। न मलाई परिवारले साथ दिन्छ, न पुलिसले साथ दिन्छ, न मिडियाले,’ उनले टिकटकमार्फत सबैलाई आफ्नो न्यायका लागि लडिदिन आग्रह गरेकी छन्।

प्रकाशित: Jun 30, 2022| 15:29 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।