काठमाडौं- फिलिपिन्सका नवनिर्वाचित राष्टपति बोङबोङ मार्कोस्को शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्। बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन्।
नेपालका अरबपति चौधरी नवनिर्वाचित राष्टपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन्। उनी मार्कोसको शपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन्।
उनी नेपाली राष्टिय पोशाक दौरा सरूवाल र टोपी लगाएर शपथ ग्रहण समारोहमा सहभागी भए। शपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए।
नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे। मार्कोस फिलिपिन्सका १७ औं राष्टपति हुन्। मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन्।