मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बर्षातले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध

बर्षातले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध

यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

भोजपुर- वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ। वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन्। यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ। 

National life

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ। सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो। सडक हिलाम्मे भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध संकलनमा समस्या भएको छ। मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ।

गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्की दुग्धजन्य पदार्थ सङ्कलनमा समस्या भएको बताउँछन्। 'कष्टपूर्ण यात्रा गरेर कृषि उपज बजारसम्म लैजानु पर्छ', उनले भने। सडक अवरुद्ध भएपछि सुत्केरी र बिरामीलाई समस्या भएको छ। दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेका सन्तोष विष्टले बताए।

सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ। भोजपुर-लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ। 


प्रकाशित: Jun 30, 2022| 11:21 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।