मंगलबार, जेठ ५, २०८३

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

National life

कामदारको रुपमा दक्षिण कोरिया पुगेका ती नेपालीले समयअवधि सकिँदा पनि काम गरेको र मौसमी कामदारको रुपमा गए पनि काम फेरेर अर्को काम गरेको आरोपमा पक्राउ परेको अध्यागमन स्रोतले जनाएको छ।

चार जना नेपाली कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका हुन्। अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन्।

उनीहरूमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए।

पक्राउ परेका सबै कामदारको परिचय भने खुलाइएको छैन। उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको अध्यागमन कार्यालयले जनाएको छ।

प्रकाशित: Jul 01, 2022| 08:29 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।