मंगलबार, जेठ ५, २०८३

पोखराबाट ४६ लाखसहित तीन चिनियाँ नागरिक पक्राउ

पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

पोखरा- पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ नागरिकले चलाइरहेको कम्पनीमा छापा मारेपछि तीन जना चिनियाँ नागरिक र एक नेपालीसहित ४५ लाख ९७ हजार १८० रुपैयाँ प्रहरीले बरामद गरेको हो। 

National life

अबैधरुपमा चिनियाँ नागरिकले कार्यालय सञ्चालन गरेर शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले छापा मार्दा ठूलो रकमसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रवक्ता एवं डीएसपी सुन्दर तिवारीले जानकारी दिए। 

पक्राउ परेका व्यक्तिले बरामद भएको रकमको स्रोत खुलाउन नसकेको डीएसपी तिवारीले बताए। डीएसपी तिवारीका अनुसार पक्राउ पर्ने नेपाली नुवाकोटको ककनी गाउँपालिका– ७ का सुमन तामाङ रहेका छन्। त्यसैगरी पक्राउ परेका तीन जान चिनियाँहरूमा दुई पुरुष र एक जना महिला रहेका छन्। 

उनीहरू तीनै जनाको ठेगाना खुल्न सकेको छैन। उनीहरूले विगत ६ महिनादेखि ड्यामसाइको बज्र इन होटेलको फ्लाट भाडामा लिएर तामाङका नाममा डाइमण्ड टेक्नोलोजी कम्पनीमार्फत सफ्टवेयर निर्माण गर्ने काम गर्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 01, 2022| 07:10 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।