धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।
काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस शुक्रबार बिहान करिब २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ। अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
बस सडकमै पल्टिएको प्रहरीको भनाइ छ। खाल्डाखुल्डीका कारण बस दुर्घटना भएकझ गजुरी प्रहरीले जनाएको छ।