काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिने बताएकी छन्।
सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबारभित्र सार्न माग गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सार्न माग गरेकी हुन्।
लोहोन्द्रा खोलाबाट लगिएको लोहोन्द्रा-हैंसरी पैनीले ४ हजार ५०० बिघा बढी खेतीयोग्य जमिनमा सिँचाइ हुँदै आए पनि खुलेआम नदीजन्य वस्तुको दोहन गरिँदा १५ फिटभन्दा माथि पुग्यो खोला।
स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गएरातिदेखि निरन्तर वर्षाका कारण आएको बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड बन्द भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक बन्द भएको हो।