सोमबार, जेठ ४, २०८३

डुम्रे-बेँसीसहर सडकखण्ड सञ्चालनमा

बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११:३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

लमजुङ- बाढी र पहिराले अवरुद्ध बनाएको डुम्रे-बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ। बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११:३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो।   

National life

गत वर्ष र असार पहिलो साता आएको बाढीले डुम्रे-बेँसीसहरको देउराली डाँडाको सडक बगाएपछि वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस भागमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। उनका अनुसार डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयको स्काभेटरले सडकमा आएको पहिरो हटाएसँगै पूर्णरुपमा सवारी साधन सञ्चालन भइरहेको छ।

पटकपटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै आएको छ। हल्का वर्षा हुनासाथ लेदो आएर सडक अवरुद्ध हुने गरेको छ।  साउन २ गतेयता अविरल वर्षाले पहिरो जाँदा राति बन्द गरिने र बिहान खुलाएर सडक सञ्चालन गर्ने गर्दै आइएको छ। काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रु उक्त पहिराले नै हैरान भएका थिए। 

 डुम्रे-बेँसीसहर ४२ किलोमिटर दूरी रहेको यस सडक हुँदै मनाङवासी बेँसीसहर र बेँसीसहरबाट यस सडक हुँदै विभिन्न सहरमा पुग्ने गर्दछन्। उक्त पहिराले लमजुङ र मनाङवासीलाई बढी समस्या हुनाका साथै बिरामी बोकेका आकस्मिक एम्बुलेन्सलाई समेत समस्या हुने गरेको छ। 

प्रकाशित: Jul 22, 2022| 13:26 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।