सोमबार, जेठ ४, २०८३

प्रेस युनियनमा ४ सचिव थप्ने सहमति

शुक्रबार र शनिबार हेटौंडामा हुन लागेको महाधिवेशनअघि आकांक्षी व्यवस्थापनका लागि सचिवको संख्या थप गर्न लागिएको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

हेटौँडा- नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा आकांक्षीहरू बढी देखिएपछि ४ जना सचिवको पद थप गर्ने सहमति भएको छ।

National life

शुक्रबार र शनिबार हेटौंडामा हुन लागेको महाधिवेशनअघि आकांक्षी व्यवस्थापनका लागि सचिवको संख्या थप गर्न लागिएको हो। रेडियो, छापा, टिभी र अनलाइन शाखाका लागि एक–एकजना सचिव थप गरिएको हो। 

यसअघि ११ जना सचिव हुने प्रावधान राखिएको थियो। प्रस्तावित विधान अनुसार सचिव (खुल्ला)-३, (महिला)-२, जनजाति–१ , आदिवासी १, मधेसी-१, सचिव दलित १, थारू-१ पिछडिएको क्षेत्र-१, गरी ११ जना रहने व्यवस्था थियो। चार जना थपिने भएसँगै अब युनियनमा १५ जना सचिव हुने भएका छन्।

आयोजकको तर्फबाट बिहीबार ८ बजेका लागि पत्रकार सम्मेलन गर्ने तय भएकोमा भोलि ७ बजेका लागि सारिएको छ।

पत्रकार सम्मेलन हेटौँडाको पल्पसा प्यालेसमा आयोजना गरिनेछ। 

प्रकाशित: Jul 21, 2022| 22:37 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।