सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नंको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नंको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना भएको थियो।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

झापा- झापाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको आज मृत्यु भएको छ।

National life

कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नंको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नंको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना भएको थियो। 

सो दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल–६ का २४ वर्षीय रोशन कोइरालाको आज दिउँसो ३ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। 

सोही मोटरसाइकल पछाडि सवार कमल–४ का १९ वर्षीय रेवत सुवेदीको न्युरो अस्पताल विराटनगरमा, कमल–७ का २१ वर्षीय भविन मगरको बिर्तामोडस्थित बीएन्डसी अस्पताल र सिटी रिक्सामा सवार कमल–५ की ६५ वर्षीया सुकमाया माझी एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल, सिटी रिक्सा र सिटी रिक्सा चालक कमल–६ का ५२ वर्षीय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: Jul 23, 2022| 07:34 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।