सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सैनिक प्रतिष्ठान बनाउन पच्चीस सय रोपनी जग्गा दिने पनौतीको निर्णय

सैनिक प्रतिष्ठान बनाउन पच्चीस सय रोपनी जग्गा दिने पनौतीको निर्णय

उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काभ्रे- पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ दुई हजार ५०० रोपनी जग्गा दिने निर्णय गरेको छ। नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायीक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो। 

National life

नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५०० रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय भएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए। 

उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो। 

नगरले इन्द्रेश्वर थल्पु सामुदायिक वनअन्तर्गत प्रयोग भइरहेको कित्ता नं २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन प्रक्रिया थालिएको जनाएको छ। यसका लागि जग्गा दिनेबारे आवश्यक कानुनी प्रक्रियासहित थप निर्णय गर्न जिल्ला प्रशासन कार्यालयलाई नगरको निर्णयसहित कागजात पठाइएको छ। 

यस्तै नगरले आफ्नो निर्णयबारे कालिजङ्ग गणलाई जानकारी गराएको छ। सेनालाई प्रतिष्ठान सञ्चालनार्थ सामुदायिक वन क्षेत्रको जमिन दिने विषयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग छलफल गर्ने तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)सहित वन मन्त्रालय जानुपर्ने जनाएको छ।

'नगरको निर्णय प्राप्त भएको छ, हामी सरोकारवालासँग छलफल गरी वन मन्त्रालयसँग थप समन्वय गर्नेछौँ,' प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्। 

नगरको निर्णयमा उक्त जग्गामा कुनै पनि संरचना बनाउन नपाइने, खुल्ला राख्नुपर्ने, स्थानीय उपभोक्तालाई हिँड्डुल तथा घाँस–दाउरा गर्न दिनुपर्ने, भवन बनाउन आवश्यक परे निजी जग्गा खरिद वा अधिग्रहण गर्नुपर्ने उल्लेख गरिएको अधिकारीले बताए। उनका अनुसार उक्त जग्गाको खुला स्थानमा सेनाले पार्क, उद्यान, प्रतिक्षालय तथा बगैँचा निर्माण गर्न सक्नेछ। 

प्रतिष्ठान सञ्चालनका क्रममा सेनाले अस्पताल पनि निर्माण गर्ने भनेको छ। सेनाले यहाँ स्थापना गर्ने अस्पतालमा आकस्मिकबाहेक अन्य उपचारमा भने सर्वसाधारणको पहुँच नहुने बताइएको छ। पनौतीमै भारत सरकारको सहयोगमा नेपाल प्रहरीको प्रतिष्ठानको निर्माण कार्य भइरहेको छ। 

प्रकाशित: Jul 21, 2022| 23:50 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।