सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषामा मापदण्डअनुसारको ढकतराजु प्रयोग नगर्नेलाई कारबाही

धनुषामा मापदण्डअनुसारको ढकतराजु प्रयोग नगर्नेलाई कारबाही

बजार अनुगमनका क्रममा मापदण्डविपरीतको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाइएपछि व्यापारीमाथि कारबाही गरिएको सो कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिए।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

जनकपुर- गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७८/७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १३९ व्यापारीमाथि कारबाही गरेको छ। 

National life

विभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा मापदण्डविपरीतको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाइएपछि व्यापारीमाथि कारबाही गरिएको सो कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिए। 

यस्तै उक्त अवधिमा विभिन्न शीर्षकमा ३५ लाख ९० हजार ९९५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। बजार अनुगमनसँगै जिल्लामा डोर खटाएपछि गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा करिब ४७ दशमलव २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख झाले बताए। 

आर्थिक वर्ष २०७८/७९ मा ६१६ व्यापारीको नापतौल तथा नाप्ने तोल्ने यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गरिएको, एक हजार ५७८ व्यापारीको नापतौल तथा नाप्ने यन्त्रको जाँच गरिएको, ५८६ पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको कार्यालय प्रमुख झाले जानकारी दिए। 

त्यस्तै, सो अवधिमा नापतौलसम्बन्धी उपभोक्ताको हकहित संरक्षणका लागि ११ पटकमा ५८ व्यापारिक फर्ममा एकल, आठ पटकमा ४६ व्यापारिक फर्ममा संयुक्त अनुगमन गरिएको प्रमुख झाको भनाइ छ। यसअवधिमा नौ पटक गरी विभिन्न १७ स्थानमा डोर (अनुगमन) खटाइएको समेत प्रमुख झाले बताए। 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सो कार्यालयले विभिन्न शीर्षकबाट रु २४ लाख ३८ हजार ९९५ राजस्व संकलन गरेको थियो। 

कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्न पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकैको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानूनी व्यवस्था छ। नापतौल दस्तुर तथा जरिबाना दस्तुर कम भएको र कानूनी कारबाही प्रक्रियासमेत झन्झटिलो भएकाले व्यापारीलाई कालोबजारी गर्न सजिलो भएको सो कार्यालयले जनाएको छ।   -रासस

प्रकाशित: Jul 22, 2022| 21:30 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।