सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेस युनियन महाधिवेशन उद्घाटन गर्न हेटौंडा पुगे प्रधानमन्त्री देउवा

प्रेस युनियन महाधिवेशन उद्घाटन गर्न हेटौंडा पुगे प्रधानमन्त्री देउवा

प्रेस युनियनमा आ–आफ्नो वर्चस्व राख्न संस्थापन पक्ष र संस्थापन इतर समूहबाट निर्वाचनमा होमिँदै पत्रकार।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको मकवानपुरको हेटौंडामा शुक्रबारदेखि सुरु हुने महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेटौंडा पुगेका छन्।

National life

महाधिवेशन कार्यक्रम उद्घाटन हेटौंडाको रोयल पार्टी प्यालेसमा हुनेछ।

युनियनको महाधिवेशनका लागि सबै प्रतिनिधि पुग्ने क्रम जारी छ। आवासका लागि हेटौंडा, मकवानपुरगढी, अमलेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको छ।

महाधिवेशनमा देशभरका करिब १ हजार ६०० बढी प्रतिनिधि सहभागी हुँदै छन्। 

महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ।

महाधिवेशनमा अध्यक्षका लागि अनिता बिन्दु र शिव लम्सालले उम्मेदवारी घोषणा गरेका छन्। अनितालाई कांग्रेसको संस्थापन पक्षले अध्यक्षको टिकट दिएको हो। संस्थापन इतरबाट लम्सालले उम्मेदवारी दिएका हुन्।

संस्थापनबाट अध्यक्षमा टिकट पाएकी अनिता नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्षसमेत हुन्। 

यस्तै, संस्थापनले कोषाध्यक्ष सरोज अधिकारीलाई वरिष्ठ उपाध्यक्ष, काठमाडौं जिल्ला अध्यक्ष जगन्नाथ दुलाललाई महासचिव र केन्द्रीय सदस्य माधव धिताललाई कोषाध्यक्षमा खडा गरेको छ।

संस्थापन इतर समूहबाट प्रेम केसी वरिष्ठ उपाध्यक्षमा उठेका छन्। खुला उपाध्यक्षमा नकुल अर्याल, भीष्मराज ओझा र शेखर रेग्मी प्रतिस्पर्धामा छन्। महासचिवमा संस्थापन इतर समूहबाट दिलीप पौडेल उठेका छन्। 

संस्थापन समूहले उपमहासचिवमा केशव सावद र सचिवमा खगेन्द्र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै, महिला सचिवमा संस्थापनबाट मेनुका ढुंगाना प्रतिस्पर्धामा छन्। 

सुदूरपश्चिम उपाध्यक्षमा हरिश भट्ट उठेका छन्। महिला उप–महासचिवमा कुसुम विक र दिलीपाश्री अधिकारीले उम्मेदवारी दिएका छन्। 

संस्थापन इतर समूहबाट उपमहासचिवमा विष्णु क्षेत्री मैदानमा छन्। लेखा समिति संयोजकमा पदमराज जोशीले पनि उम्मेदवारी दिएका छन्।

प्रकाशित: Jul 22, 2022| 12:29 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।