सोमबार, जेठ ४, २०८३

बढ्दो गर्मीसँगै महोत्तरीमा सर्पको बिगबिगी

सर्पको बिगबिगीसँगै सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदै छन्।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

महोत्तरी- असार मध्यसम्मको सघन वर्षा र त्यसयताको चर्को घामले जिल्लाको उत्तरीक्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ। असार मध्यअघिको बर्खाको पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको बिगबिगी बढेको हो। 

National life

बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदै छन्। सामान्यतया सघन वर्षासँगै दुलामा पानी भरिँदा र चर्को गर्मीमा शीतल ताप्न सर्प दुलाबाट बाहिर आउँछन्। दुवै कारण ग्रीष्म र बर्खामा पर्ने भएको हुँदा अहिले सर्पको बिगबिगी बढेको हो। यही साउन महिनाको पहिलो साता पूरा नबित्दै केन्द्रमा २३ जना सर्पदंशका बिरामी उपचार लिन आइसकेका छन्।

हालसम्म उपचारका लागि आएका २३ सर्पदंशका बिरामीमध्ये एक घटनामात्र अति विषालु करेतले डसेको घटना पाइएको केन्द्रले जनाएको छ। अन्य २२ कडा विष नभएका सर्प/बिच्छीको टोकाई भेटिएको केन्द्रका उपचार प्राविधिक टोलीका प्रमुख इन्द्रबहादुर केसीले बताए।

सामान्यतया कडा विष नहुने सर्प र बिच्छीले टोक्दा पनि त्यो नचिन्दा टोकाइमा पर्ने आत्तिएर बढी गम्भीर हुने गरेका उपचार प्राविधिक टोलीको अनुभव छ। पछिल्लो पटक असार मध्यउताको सघन वर्षा र त्यसयताको चर्को गर्मी छल्न सर्प दुलाबाट निस्कने क्रमसँगै घटना बाक्लिएका हुन्। सर्पदंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन्। घाँसपातको काम गर्दा र शौचालय नहुँदा अध्याँरोमा दिसापिसाव गर्न बाहिर निस्कँदा मधेसमा सर्पदंशका घटनामा महिला बढी पर्ने गरेका सर्पदंश उपचार केन्द्र सञ्चालक समिति बर्दिबास–३ गौरीडाँडाका अध्यक्ष कृष्ण देवकोटाको भनाइ छ।

जिल्लाको बर्दिबास नगरपालिकाका वडा नं १, २, ३, ४ र १४ सर्पको समस्या बढी भएको पाइन्छ। त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने उनको भनाइ छ। सर्पले टोकेका बिरामी बर्दिबासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दर्ता  भएभन्दा निकै बढी घटना हुने गरेका उनी बताउँछन्। पछिल्लोपटक यसै साउनको पहिलो साताकै प्रारम्भमा जिल्लाकै गौशालास्थित प्राथमिक स्वास्थ्योपचार केन्द्रले पनि सर्पदंशको उपचार सेवा दिन थालेपछि त्यसभेगका बिरामी आउन केही कमी भएको केन्द्रले जनाएको छ।

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन्।

केन्द्रले सेवा सञ्चालन भएदेखि गत असार मसान्त (आव २०७८/७९ को अन्त्य) सम्म दुई हजार ८८१ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ। आव २०७८/७९ मा ९७७, आव २०७७/७८ मा ३०७, आव २०७६/७७ मा २७४, आव २०७५/७६ मा ३१९, आव २०७४/७५ मा २९६, आव २०७३/७४ मा २७३, आव २०७२/७३ मा २७० र आव २०७१/७२ मा १६५ जना रहेका केन्द्रले जनाएको छ।

केन्द्रमा उपचारका लागि नेपाली सेनाले उपलब्ध गराएका दक्ष प्राविधिक र औषधि (एन्टी स्नेक भाइल)  हरदम तयार अवस्थामा रहे पनि भेन्टिलेटर नहुँदा कतिपय गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नुपरेको केन्द्रले जनाएको छ।

केन्द्रले पछिल्लो एक महिना (२०७९ असार) देखि एम्बुलेन्स सेवा दिन थालेको छ। गम्भीर प्रकृतिका भेन्टिलेटरमा सघन उपचार गरिनुपर्नेलाई त्यस्तो सेवा दिने अस्पतालसम्म पुर्‍याउन र घटना भएको थाहा पाउनासाथ बिरामीलाई यथाशक्य चाँडै केन्द्रमा ल्याई पुर्‍याउन एम्बुलेन्स सेवा दिन थालिएको अध्यक्ष देवकोटाले जानकारी दिए।

केन्द्रमै वा बर्दिबास अस्पतालमा भेन्टिलेटर प्रबन्धका लागि बर्दिबास नगरपालिका र स्वास्थ्य मन्त्रालयमा पटकपटक आग्रह गरिँदै आइए पनि हालसम्म यो सेवा दिन नसकिएको केन्द्रका अध्यक्ष देवकोटा बताउँछन्।  -रासस

प्रकाशित: Jul 23, 2022| 01:00 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।