झापाको बिर्तामोड-५ स्थित प्रसाईँ सुपर मार्केटमा आगलागी भएको छ। मुक्तिचोकको पूर्वपट्टि दुर्गा मन्दिर छेउको प्रसाईँ मार्केटमा आगलागी भएको प्रहरीले जनाएको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ।
पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो।