सोमबार, वैशाख २८, २०८३

आज रातिदेखि देशभर मदिरा बिक्री ​र सेवनमा रोक

सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ। सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं- सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ। सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।

National life

४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको बताइएको छ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो।

उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ। मदिरा व्यवसायीलाई पनि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण नगर्न अनुरोध गरिएको छ।

प्रकाशित: Nov 17, 2022| 07:15 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।