सोमबार, वैशाख २८, २०८३

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

रुपन्देही क्षेत्र–३ प्रतिनिधिसभा उम्मेदवार रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

National life

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उजुरी परेको छ। रुपन्देही क्षेत्र–३ प्रतिनिधिसभा उम्मेदवार रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन्। उनको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय र रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–३ मा उजुरी परेको हो। 

यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा आएर दर्ता गरिएको अधिवक्ता बरालले बताइन्। उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेको प्रमाणसहित उजुरी दर्ता गरिएको हो। गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण र काठमाडौंमा मञ्जु खाण लेखाएकाले यो कुरा पुष्टि हुन्छ।’

खाणले रुपन्देही क्षेत्र–३ बाट प्रतिनिधिसभा उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाण श्रीमती भएको उल्लेख गरेका छन्। अन्य निकायमा पेस गरेका कागजातमा भने बालकृष्णले श्रीमतीका रूपमा मञ्जु खाणको नाम लेखेको बरालको दाबी छ।

प्रकाशित: Nov 17, 2022| 15:52 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।