सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आगामी सरकारले नागरिकता विधेयक पारित गर्छ : विमलेन्द्र निधि

आगामी सरकारले नागरिकता विधेयक पारित गर्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चुनावपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले राष्ट्रपतिलाई हटाएर भए पनि नागरिकता विधेयक पारित गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

रुपन्देही- नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चुनावपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले राष्ट्रपतिलाई हटाएर भए पनि नागरिकता विधेयक पारित गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

National life

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ द्वारा बुधबार आयोजित प्रदेश (क) र (ख) का दुई छुट्छुट्टै चुनावी सभामा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको भन्दै नयाँ सरकारको पहिलो काम नागरिकताबाट वञ्चित नागरिकलाई नागरिकता दिलाउने भएको उल्लेख गरे।

नेपाली पुरुषसँग विवहित विदेशी महिलालाई सात वर्षसम्म नागरिकता दिन नहुने भन्ने एमालेलाई महिला अधिकारको कुरा गर्न नसुहाउने उनको भनाई छ। 

सालझण्डीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यस क्षेत्रको सुकुम्बासी समस्या समाधानका लागि रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार भरत शाहको पहलमा लालपूर्जा वितरणको तयारी भइरहेका बेला एमाले नेतृत्वको अघिल्लो सरकारले त्यो कामअघि बढ्न नदिएको उल्लेख गरे। उनले चुनाब लगत्तै सुकुम्बासी समस्या समाधान हुने भन्दै त्यसका लागि आफ्नो तर्फबाट पनि पहल गर्ने विश्वास दिलाए।  

कार्यक्रममा कांग्रेस उम्मेदवार भरत शाहले सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गरेरै छाड्ने प्रतिबद्धता जनाए। उनले यो क्षेत्रको विकासका लागि आफूले गरेका काम सबैका सामु रहेको उल्लेख गर्दै फेसबुकमा लेखेर विकास नहुने बताए। उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आगामी दिनमा आफूले बिशेष ध्यान दिने शाहको भनाई थियो।

प्रकाशित: Nov 17, 2022| 09:24 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।