सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा जीप दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर

जुम्लामा जीप दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर

निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जीप दुर्घना भएको हो।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

National life

जुम्ला- जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घना हुँदा आठ जना घाइते भएका छन्। निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जीप दुर्घना भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्तीतर्फ जाँदै गरेको जीप दुर्घना हुँदा आठ जना घाइते भएका हुन्।

घाइते हुनेमा अंगराज गिरी, आदिप्रसाद न्यौपाने, सुरज चन्द, राजेन्द्र विष्ट, हरिप्रसाद देवकोटा, आशा चौलागईं, सिताराम दराई, सुरेश कार्की रहेका छन्। उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहरेको प्रहरीले जनाएको छ। प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्दबहादुर शाहीका अनुसार अंगराज गिरी, आदिप्रसाद न्यौपाने र सुरज चन्दको अवस्था गम्भीर रहेको छ।

प्रकाशित: Nov 17, 2022| 20:16 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।