रसुवा- रसुवाबाट सशस्त्र प्रहरीले करिब डेढ करोड मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीको ‘बिओपी’ टिमुरेबाट खटिएको टोलीले डेढ करोड बराबरको भन्सार छलिको सामान बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।
भन्सार छलेर सीमा इलाकाको अस्थाई ड्राईपोटमा राखेको अवस्थामा बुधबार इन्स्पेक्टर नारायण गुरुङ नेतृत्वको टोलीले सो सामान बरामद गरेको हो। बरामद सामानहरूमा महंगो मदिरा, चुरोट लगायत छन्।
सशस्त्र प्रहरी बलले सामानबारे सूचना पाएपछि सर्च अपरेसन चलाएको थियो। बरामद सामान भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ।