सिमकोट- विद्यालयमा अध्ययन गर्न जाँदा लडेर हुम्लामा एक विद्यार्थीको ज्यान गएको छ।
सूर्योदय माध्यामिक विद्यालय श्रीनगरमा कक्षा ९ मा अध्ययनरत अदानचुली गाउँपालिका-२ का १५ वर्षीय प्रशान्त थापाको विद्याल्य जाँदै गर्दा लडेर ज्यान गएको प्रहरीले जनाएको छ।
विद्यालयको काँडेतारले पोसाक च्यातिएपछि फेर्नको लागि विद्यालय नजिकको घरमा गएर फर्किने क्रममा डलेर उनको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीयका अनुसार उनी बाटोबाट लडेर दुई मिटर तल खसेका थिए। खबर पाएर लगत्तै प्रहरी टोली घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको उपरीक्षक कृष्णराज ओझाले बताए।