सोमबार, वैशाख २८, २०८३

८२ लाख ठगी गर्ने ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा कमला ज्वेलर्स सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको ८२ लाख रकम ठगी गरेको पाइएको छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा कमला ज्वेलर्स सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको ८२ लाख  रकम ठगी गरेको पाइएको छ। 

National life

ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएपछि प्रहरीले पति पत्नीलाई नै पक्राउ गरेको हो। कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

१७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  

तीन महिनादेखि फरार रहेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट ६५ जना सर्वसाधारणलाई ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 17, 2022| 08:02 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।