देशमा केही गरौं भन्नेहरूका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरुद्ध कडा कानुन निर्माणलगायत माग राखेर दिवंगत आचार्यलाई सम्झिए युवाहरूले।
भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएकाे छ।
बुधबार बिहानै दुखद् खबर फैलियो– प्रेम आचार्य रहेनन्। प्रेमको मृत्युपछि सामाजिक सञ्जाल आक्रोशित छ। उनलाई राज्यले नै मारेको हो भनेर आगो ओकलिरहेका छन् मानिसहरु।
सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन्।
आयोगले विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलको पुनःविस्तृत निरीक्षण गरी आवश्यक पार्टपूर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात सङ्कलनको गरिसकेको जनाएको छ।