काठमाडौं- गएराति काठमाडौंको चमतिमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। राति १२ बजेको समयमा स्यवम्भू नजिकैको चमतिको नयाँ पुलमा पानी ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ठूलो सिमवारी घर भई हाल चमती बस्ने ५१ वर्षे चन्द्रबहादुर थापाले चलाएको ट्याङ्करले दोलखा भीरकोट गाउँपालिका १ घर भई क्षेत्रपाटी नजिकैको ढल्कुमा बस्ने ३४ वर्षे रत्नबहादुर नेपालीको मोटरसाइकललाई ठक्कर दिएको थियो। ना. २ ख ८२६१ नम्बरको पानी ट्यान्कर र बा. ७७ प २८१७ नम्बरको मोटरसाइकल ठोक्किँदा नेपाली गम्भीर घाइते भएका हुन्।
उनको मनमोहन अस्पताल स्वयभुमा उपचार भइरहेको जनाइएको छ। घाइतेको टाउको, पेट, गोडा र शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले बताएको छ। उनी बोल्नसक्ने अवस्थामा नरहेको र दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।