NadaNada
शुक्रबार, भदौ ६, २०८२

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ।
 |  शनिबार, माघ १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

vianetvianet

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ। शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो।

सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो। दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताए। “दुवैतर्फबाट अवतरण सहजै छ”, उनले भने, “यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ।”

केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उनको भनाइ थियो। “यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ।” सीता एयरका कर्मचारी राजेन्द्रबहादुर सिंहले अहिले जहाज अवतवरणका लागि सहज–असहजका विषयमा परीक्षण गरिएको भन्दै यसको विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने बताए।

अहिले जहाज नियमित नहुँदा यात्रुले पटक–पटक असुविधा पाउने गरेका छन्। त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। “समयमा जहाज नआउने, नियमित नआउने समस्या छ”, उनले भने, “यसले गर्दा हामीहरु पनि नेपालगञ्ज, भैरहवा जानुपर्ने अवस्था छ, यसको अन्त्य भई हामीले सहज सेवा पाउनुपर्छ भन्ने हो।”

हाल नेपाल वायुसेवा निगमको १९ सिटे जहाजले हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने गरेको छ। हाल टरिगाउँमै इन्धन डिपो स्थापना भई सञ्चालनमा आइसकेको छ तर भाडा घट्न सकेको छैन। हाल दाङदेखि काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय दश र काठमाडौँदेखि दाङको भाडा न्यूनतम रु नौ हजार १० रहेको छ।

Metro Mart

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ। साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तारका लागि पहल भइरहेको छ। उक्त विमानस्थलमा केही समय अघि समिट एयरले पनि उडान भर्ने गरेको थियो।

प्रकाशित: Jan 28, 2023| 09:10 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।