NadaNada
शुक्रबार, भदौ ६, २०८२

शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो। रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ।
 |  शनिबार, माघ १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

vianetvianet

मुम्बई- बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो। रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ। थिएटरका टिकट घरमा ऐतिहासिक टिकट बिक्री हुने क्रम जारी छ। फिल्मले भारतको गणतन्त्र दिवसका दिन ७० करोडको व्यापार गर्‍यो।

यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ। यतिमात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको शाहरुखको सहकार्य बक्सअफिसका लागि सफल र ऐतिहासिक रहेको पनि प्रमाणित गरिसकेको छ।

यी दुई आकर्षक कलाकारले सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’मा सहकार्य गरेका थिए। दीपिकाका लागि यो फिल्म डेब्यू थियो। यो फिल्मले तत्कालीन समयमा सँगै रिलिज भएको फिल्म ‘सावरिया’सँग जुध्दा पनि ५ दशमलब ५३ करोडको एकदिनको कमाई गरेको थियो।

त्यो समयमा ‘ओम शान्ति ओम’ले सप्ताहन्त २१ दशमलब ४७ करोडको व्यापार गरेको थियो। यसको लाइफटाइम कमाई ७८ दशमलब १७ करोड थियो। जबकि शाहरुखकै अभिनय रहेको सन् २००६ को फिल्म ‘धुम २’को लाइफटाइम कलेक्सन ८१ दशमलब ०१ करोड छ।

६ वर्षपछि शाहरुख र दीपिका फिल्म ‘चेन्नाइ एक्सप्रेस’मा जोडिए। फिल्ममा दीपिकाको मिनाम्मा चरित्रलाई दर्शकले अहिले पनि सम्झन्छन्। रोहित शेठ्ठी निर्देशित फिल्म ‘चेन्नइ एक्सप्रेस’को रेकर्ड ओपनिङ व्यापार ३३ दशमलब १२ करोड थियो। यसको सप्ताहन्त व्यापार १ सय दशमलब ४२ करोड थियो। यो फिल्म रिलिजको साढे ३ वर्षपछि मात्र आमिर खानको फिल्म ‘३ इडियट्स’ले त्यसमा ब्रेक लगायो।

Metro Mart

त्यसको एक वर्षपछि सन् २०१४ मा फिल्म ‘ह्याप्पी न्यू इयर’ बन्यो। यसमा प्रमुख अभिनेत्रीको रुपमा दीपिका नै थिइन्। फिल्मले ओपनिङ ४४ दशमलब ९७ करोडबाट गरेको थियो।

अहिले ‘पठान’ले पनि यही समानता पाइरहेको छ। फिल्म एक्सन फ्लेभरको भए पनि दीपिका र शाहरुखको प्रेमले दर्शकलाई मोहित बनाएको छ। बलिउडमा अहिले एउटा भनाई खुबै चर्चामा छ। ‘जब शारुख खान र दीपिका पादुकोण एकापसाम भेट्छन्, तब रेकर्ड ब्रेक हुन्छ’ भन्ने भनाई लोकप्रिय बनिरहेको छ।

प्रकाशित: Jan 28, 2023| 11:09 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।