मंगलबार, वैशाख १५, २०८३

पोखरा विमान दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारे पनि हालसम्म १ जना अज्ञात अवस्थामा छन्।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं– नेपाली सेनाले काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको दुर्घटनाग्रस्त विमान परी हराइरहेका एक जनाको खोजी भइरहेको जनाएको छ।

National life

यती एयरको जहाज गत १ माघमा कास्कीको पोखरास्थित सेती खोचमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाले ज्यान गुमाएका थिए। दुर्घटनामा परेका एक जना हालसम्म बेपत्ता छन्।

कास्की जिल्ला सुरक्षा समिति बैठकले ७ माघमा  दुर्घटना स्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजी जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेका थिए। उद्धारका क्रममा भेटिएको ब्ल्याक बक्सलगायतका सामग्री नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको थियो। विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई सेनाले तीव्रता दिएको थियो।

प्रकाशित: Jan 28, 2023| 12:13 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।