शुक्रबार, साउन १, २०८३

रवि लामिछानेको पक्षमा माइतीघरमा नाराबाजी

लामिछानेलाई सुनियोजित रुपमा फसाइएको प्रदर्शनकारीको दाबी।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं– निवर्तमान उपप्रधान एवं गृहमन्त्री तथा सांसद रवि लामिछानेलाई समर्थन गर्दै माइतीघरमा सर्वोच्च अदालतविरुद्ध नाराबाजी भएको छ। शुक्रबार सर्वोच्चले लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै अनागरिक भएको घोषणा गरेको थियो।

शनिबार सर्वोच्चको फैसलाको विरोधमा युवाको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीले लामिछानेलाई सुनियोजित रुपमा फसाइएको दाबी गरे। लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले सांसद पद खारेज हुने फैसला गरेको थियो।

लामिछानेले सर्वोच्चको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, सांसद र गृहमन्त्रीसमेत गुमाएका छन्।

प्रकाशित: Jan 28, 2023| 15:15 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।