मंगलबार, वैशाख १५, २०८३

देशका विभिन्न स्थानबाट लागूऔषध प्रयोगकर्ता पक्राउ

नियन्त्रित लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट व्यक्तिलाई पक्राउ गरेको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं- नियन्त्रित लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १६ केजी ३ सय ग्रामसहित सोनमा गाउँपालिका–३ रघुनाथपुर बस्ने २१ वर्षीय नरेन्द्रकुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ। 

National life

सम्सीतर्फ जाँदैगरेको बीआर ३० जेड ०७९४ नम्बरको मोटरसाइकलले मधेश प्रदेश ०२–००५ प ९४७२ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्नेक्रममा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले बीआर ३० जेड ०७९४ नम्बरको मोटरसाइकलका चालक पटेललाई घाइते अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट सो परिमाणको लागूऔषध फेला पारेको हो।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका –९ बांग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोर र १७ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। 

सोहीअनुसार झापाको बिर्तामोड नगरपालिका–४ घर भई हाल कनकाई नगरपालिका–३ डेरा गरी बस्ने २९ वर्षीय सुमन चौधरीको कोठाबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब २४ ग्राम ३६ मिलिग्राम, डिजिटल तराजु १ थान, नेपाली नगद २२ हजार ५० रूपैयाँ र भारतीय ३ हजार २ सय रूपैयाँ फेला पारी बिहीबार प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारेको प्रहरीको भनाइ छ। फरार चौधरीको खोजी गर्नुका साथै उनका श्रीमतीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

kumari

प्रकाशित: Jan 28, 2023| 08:25 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।