मंगलबार, वैशाख १५, २०८३

धुलाबारी–इरौटार सडक कालोपत्रे गर्न ढिलासुस्ती

निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

झापा– निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ। गत साउन मसान्तमा सकिने गरी विसं. २०७६ असोज २० गते कनकाई झापा जेभी विर्तामोडले ठेक्का लिएको सडकको हालसम्मको वित्तीय प्रगति ३५ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ।

National life

बहुवर्षीय योजनाअन्तर्गत बन्दै गरेको सडक धुलाबारीबाट मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौटारसम्म २५ दशमलव ३७० किलोमिटर पूर्णरुपमा कालोपत्रे निर्माण गरिने पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहले बताए।

प्रदेश नम्बर १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु ४६ करोड ७२ लाख ४८ हजार बजेटमा निर्माण भइरहेको सो सडक निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि निर्माण व्यवसायीले विसं. २०८० असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी दोस्रोपटक म्याद थप गरेको छ।

इञ्जिनियर साहले हालसम्म छ दशमलव पाँच किलोमिटर सडकको ग्राभेल र दुवै साइडमा ६० प्रतिशत ड्रेन निर्माण भइसकेको बताए। सात मिटर चौडाइसहितको निर्माण हुने सडकमा दुई स्लोव कल्भर्ट, २४ वटा होम पाइप कल्र्भट राखिने उनको भनाइ छ।

सो सडक निर्माणसँगै इलामको रोङ गाउँपालिकामा उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणमा सहयोग पुग्ने स्थानीयवासी बताउँछन्। एकै पटक शिलान्यास गरिएको धुलाबारी–ज्यामिरगढी–भद्रपुर सडकको कालोपत्र कार्य भने अन्तिम चरणमा पुगेको छ। सो सडकको ठेक्का लिएको हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको छ। भद्रपुर–ज्यामिरगढी–धुलाबारी–गोजाबस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको २०७५ सालमा शिलान्यास गरिएको थियो।

kumari

प्रकाशित: Jan 28, 2023| 09:00 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।