राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपतिशमशेर जबराले पृथ्वी जयन्तीका अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन्।
वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन्।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र निर्माण सुरु गरेको छ। संस्थाले आठ करोडको लागतमा भवन निर्माण अघि बढाएको हो।