आइतबार, भदौ २१, २०८३

तनहुँमा चरीबाघको मृत्यु

पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको उपचारका क्रममा मृत्यु भएको हो। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१, बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको मृत्यु भएको छ।

पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको उपचारका क्रममा मृत्यु भएको हो। 

डिभिजन वन कार्यालयमा भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको चरीबाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए।

मृत्यु भएको चरीबाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ। चरीबाघको खुट्टा र ढाडमा चोट लागेको थियो।

सुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिए पनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो।

प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरीबाघ भेटिएको हो। ‘तनहुँमा पनि चरीबाघ रहेछ भन्ने अवगत भयो। यसअगाडि चरीबाघ छ भन्ने थाहा थिएन’, उनले भने। रासस

प्रकाशित: Jan 12, 2021| 04:39 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।