शनिबार, भदौ २०, २०८३

चिलिमेको सुरुङमा उद्धार कार्य जारी, भारतीय राजदुतले के भने?

 |  शनिबार, भदौ २०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०८३

काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली सेनासँग मिलेर चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य गरिरहेको भारतीय टोलीले थप गहिराइसम्म पुगेर खोजी कार्यअघि बढाएको जानकारी दिएका छन्।

उनका अनुसार टोलीले शनिबार सुरुङभित्रको पानीसहितको लेदो निकाल्दै थप गहिराइसम्म पुग्ने काम गरेको थियो। सुरुङसम्म ठूला उद्धार उपकरण पुर्‍याउन अस्थायी बाटो निर्माणको कामसमेत भइरहेको छ।

उनले भनेका छन्, 'नेपाली सेनासँग सहकार्य गर्दै सुरुङमा उद्धार कार्य गरिरहेको भारतीय टोलीले चिलिमे सुरुङमा पानी निकाल्दै थप गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाएको छ। सुरुङसम्म थप ठूला उपकरण पुर्‍याउन अस्थायी बाटो निर्माणको कामसमेत भइरहेको छ। टोलीमा रहेका चिकित्सकहरूले स्थानीय समुदायका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्।'

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भारी भग्नावशेष हटाउने काम गरिरहेका छन्। २५० मिटर लामो सुरुङमध्ये करिब आधा भाग सफा गरिएको बताइएको छ।

प्रकाशित: Sep 05, 2026| 18:58 शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्