आइतबार, भदौ २१, २०८३

दाहाल–नेपाल समूहको गण्डकी प्रदेशस्तरीय भेला आज

भेलालाई दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहले आज गण्डकी प्रदेशस्तरीय भेला आयोजना गर्दै छ।

पोखरामा हुने भेलालाई दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ। 

नेताहरु बिहानै ११ बजे पोखरा पुग्ने कार्यक्रम तय भए पनि मौसमका कारणले उडान हुन नसकेकाले अहिलेसम्म नेताहरु काठमाडौं विमानस्थलमा नै रोकिएका छन्। 

प्रवक्ता श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले अध्यक्षद्वय र प्रवक्ता विमानस्थलमा रोकिएको र अब केहीबेरपछि उड्ने तयारीमा रहेको जानकारी दिए।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाको दाहाल नेपाल समूह सडक आन्दोलनमा छ। त्यसयता विभिन्न ठाउँमा प्रदर्शन, भेला लगायतका कार्यक्रम गर्दै आइरहेको छ। 

ओली समूह बलियो रहेको गण्डकी प्रदेशमा आफ्नो प्रभाव देखाउनका लागि दाहाल–नेपाल समूहले भेलाको आयोजना गर्न लागेको हो।

प्रकाशित: Jan 12, 2021| 06:30 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।