आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थीलाई अश्लील म्यासेज पठाउने प्राध्यापक प्रहरीको फन्दामा

विद्यार्थीलाई अश्लील म्यासेज पठाउने प्राध्यापक प्रहरीको फन्दामा

छात्रालाई फेसबुकमार्फत यौन हिंसा गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन्।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– छात्रालाई फेसबुकमार्फत यौन हिंसा गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन्। काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई पक्राउ गरिएको जानकारी दिए।

‘फेसबुकमा छात्रालाई अश्लील म्यासेज पठाउने लगायत काम गरेको देखिएको छ। उजुरी परेपछि हामीले क्याम्पसबाट नै पक्राउ गरेका हौं,’ उनले भने।

प्रहरी परिसरको हिरासतमा राखेर ती प्राध्यापकलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए।

प्रकाशित: Jan 12, 2021| 08:04 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।