आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिमितलाई कोरोना बिमा रुजु गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

बिमितलाई कोरोना बिमा रुजु गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेकालाई सम्बन्धित बिमा कम्पनीमा आफ्नो दुरुस्त विवरण बुझ्न आग्रह गरेको छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेकालाई सम्बन्धित बिमा कम्पनीमा आफ्नो दुरुस्त विवरण बुझ्न आग्रह गरेको छ।

कोरोना बिमा समितिमा प्राप्त भएका विवरणमध्ये कतिपयको विवरण ‘भेरिफिकेसन’ गर्दा नाम, थर, उमेर, ठेगानालगाएतका न्यूनतम विवरण अपूर्ण भएकाले बिमित व्यक्तिले एकपटक रुजुको अवस्था बुझ्न मन्त्रालयले अनुरोध गरेको हो। 

मन्त्रालयले कोरोना बिमा दाबीका लागि पेस भएका विवरणहरू रुजु गर्दा विवरण अपुग भएकाले बिमितलाई सम्बन्धित कम्पनीसँग अवस्था जानकारी लिन भनेको हो।

स्वास्थ्य मन्त्रलायका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिमा समितिबाट जारी भएको कोरोना बिमा मापदण्ड–०७७ बमोजिम कतिपय बिमितको विवरण मन्त्रालयमा रहेका तथ्यांकसँग रुजु गर्दा भेट्टाउन नसकिएको बताए।

हालसम्म स्वास्थ्य मन्त्रालयमा नौ हजार २९२ जनाको ‘भेरिफिकेसन’ सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले पीसीआर परीक्षणका लागि दिएको व्यक्तिगत विवरण र बिमा गर्दा दिएको विवरण एउटै तथा स्पष्ट हुनुपर्ने जनाएको छ। 

प्रकाशित: Jan 12, 2021| 05:43 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।