सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी दमनमाथि छानबिन गर्न राप्रपा अध्यक्ष राणाको माग

प्रहरी दमनमाथि छानबिन गर्न राप्रपा अध्यक्ष राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपतिशमशेर जबराले पृथ्वी जयन्तीका अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।
 |  मंगलबार, पुस २८, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

vianetvianet

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपतिशमशेर जबराले पृथ्वी जयन्तीका अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।

‘पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसकोे उत्सवमा राष्ट्र निर्माताको सालिकमा माल्यार्पण गर्न जाँदा किन प्रहरी दमन भयो?’, राप्रपाका अध्यक्ष राणाले मंगलबार ट्विटरमा लेखेका छन्।

राणाले राष्ट्रिय विभूतिप्रति सम्मान, श्रद्धा व्यक्ति गर्ने गैरराजनीतिक, शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा प्रहरी र नागरिक समूहबीच सोमबार झडप भएको थियो। 

राप्रपा अध्यक्ष राणाको नेतृत्वमा रहेको र्यालीलाई प्रहरीले रोक्दा झडप भएको थियो ।

उक्त घटनालगत्तै राणाले सरकारले लोकतन्त्रविरोधी कार्य गरेर नागरिकको नैसर्गिक अधिकारमाथि क्रूर दमन र अन्याय गरेको भन्दै भत्र्सना गरेका थिए।

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेपछि राणाले, प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरेरै छाड्ने उद्घोष गरेका थिए ।


 

प्रकाशित: Jan 12, 2021| 07:23 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।