काठमाडौं– बैंकको एटीएम बुथ फुटाएर पैसा निकाल्न प्रयास गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटीएम बुथ तोडफोड गर्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बैंकले एटीएम बुथ तोडफोड गर्ने प्रयास भएको सूचना प्रहरीलाई दिएपछि प्रहरीले सीसीटीभी फुटेज हेरेर ती युवाको खोजी गरेको थियो। सुभानलाई धरान उपमहानगरपालिका–१८ घोपाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।