सामाजिक अभियन्ता जगन्नाथ लामिछानेले बागमती प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले काठमाडौं क्षेत्र नम्बर ५ (ख) बाट उम्मेदवारी दिन लागेका हुन्।
उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकेको छ। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र...
सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं १ मा नेकपा एस, २ मा माओवादी र ३ मा नेपाली कांग्रेसलाई भाग परेको छ।
नेपाली कांग्रेस खोटाङले गठबन्धनका उम्मेदवारलाई जिताउन नसकिने बताएको छ। स्थानीय जनभावना विपरीत गठबन्धनको उम्मेदवार तय भएको हुँदा आगामी मंसिर ४ को निर्वाचनमा विजयी गराउन नसकिने उसले बताएको हो।
नेपाल परिवार दलका अध्यक्षसमेत रहेका युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का प्रचारक एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन्।
सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन्। सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।