काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रबार स्थगित भएको बैठक पुनः आज बस्ने गरी निर्णय भएको जानकारी दिए।
प्रतिनिधि सभा तर्फ समानुपातिक सदस्यको नामावली टुङ्गो लगाउने र पार्टीले जनमतलाई प्रतिपक्षकै रूपमा रहेर अघि बढ्ने की सरकारमा सामेल हुने जस्ता विषयमा बैठकमा छलफल हुने रिजालले जानकारी दिए।