सोमबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिकतर्फ एमालेलाई पहिलो बनाएकामा ओलीले दिए मतदातालाई धन्यवाद

समानुपातिकतर्फ एमालेलाई पहिलो बनाएकामा ओलीले दिए मतदातालाई धन्यवाद

अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकामा मतदातालाई धन्यवाद दिएका हुन्।
 |  शुक्रबार, मंसिर २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

vianetvianet

काठमाडौं– एमालेलाई समानुपातिकतर्फ पहिलो बनाउन लोकप्रिय मत दिएकामा अध्यक्ष केपी ओलीले मतदातालाई धन्यवाद दिएका छन्।४ मंसिरमा सम्पन्न चुनावमा एमालेले प्रतिनिधिसभा समानुपतिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको हो। 

समानुपातिकमा दोस्रो रहेको कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा २ सिट धेरै जितेको छ। प्रत्यक्षमा ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट हात पारेको छ।। प्रतिनिधिसभामा एमाले दोस्रो ठूलो दल भएको छ। 

अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकामा मतदातालाई धन्यवाद दिएका हुन्। २०७४ मा वाम गठबन्धन गरेर चुनावमा गएको एमालेले प्रत्यक्षमा ८० र समानुपातिक ४१ गरी प्रतिनिधिसभामा १२१ सिट जितेको थियो।

प्रकाशित: Dec 09, 2022| 11:53 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...