शनिबार, साउन १६, २०८३

४ बजेसम्म समानुपातिक सांसदको सूची बुझाउन निर्वाचन आयोगको ताकेता

कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्दै छन्।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दलहरुलाई समानुपातिक संसदको अन्तिम सूची शनिबार ४ बजे बुझाइसक्नुपर्ने समयसीमा दिएको छ। आयोगले अन्तिम समय दिए पनि राजनीतिक दलहरूले सांसदको टुंगो लगाउन सकेका छैनन् । 

कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्दै छन्। जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले समानुपातिक सांसदको सूची तयार पारेर आयोगलाई बुझाउँदै छन्। 

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँटअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ। यसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो। 

प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ। 

दोस्रो स्थानमा रहेको कांग्रेसले ९६ सांसदसहित प्रतिनिधिसभामा ३२,  प्रदेश १ मा १२, मधेस प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ। 

४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४,  प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ।

२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७,  प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थे्रसहोल्ड कटाउन नसकेपछि समानुपातिकमा उसको सिट हुने छैन। प्रतिनिधिसभामा जम्मा १० सांसद विजयी भएका  छन्। नेकपा एसले प्रदेशसभामा ९ सिट पाएको छ। नेमकिपाले प्रदेशसभामा २ सांसद पाएको छ। जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र  प्रदेशसभामा ९ सांसद पाएको छ। 

जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ।  प्रदेशसभामा लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १,  हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ।


प्रकाशित: Dec 10, 2022| 12:42 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...